काठमाडौँ । पर्यटन विभागले साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि इजाजतपत्र लिन आग्रह गरेको छ ।
विभागद्वारा जारी विज्ञप्तिमा बञ्जी जम्पिङ, स्वीङ, क्यानोनिङ, स्काई डाइभिङ, जिपलाइन, जिपकोस्टर, जेटस्की, मोटरबोटलगायतका साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्न अनिवार्य दर्ता गरी इजाजत लिनुपर्ने उल्लेख छ ।
विभागले देशका विभिन्न स्थानमा बिनाअनुमति सञ्चालन भइरहेका साहसिक तथा मनोरञ्जनात्मक खेललाई कानुनी दायरामा ल्याउन यस्तो व्यवस्था गर्न लागेको हो । इजाजत नलिई यस्ता खेल सञ्चालन नगर्न र सञ्चालनमा रहेकालाई ३० दिनभित्र अनुमति लिन आग्रह गरिएको छ ।




प्रतिक्रिया