यात्रुबस दुर्घटना हुँदा १७ जना घाइते



जनकपुर । महेन्द्र राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–०९ फुटबल ग्राउण्ड नजिक आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

काठमाडौँबाट विराटनगरतर्फ गुडेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टेको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बसमा ३३ जना यात्रु रहेका थिए । तीमध्ये चालकसहित १७ जना घाइते भएका हुन्।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।