काठमाडौं । तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएपछि थालापति विजयले तीन निर्णय गरेका छन्।
आइतबार चेन्नईमा शपथपछि उनले तीनवटा निर्णयमा हस्ताक्षर गरेको बिबिसीले जनाएको छ।
उनले प्रत्येक परिवारलाई २०० युनिटसम्मको बिजुली निःशुल्क, लागुऔषध दुर्व्यसनी हटाउन प्रत्येक जिल्लामा विशेष बल बनाउने र महिलाहरूको सुरक्षाका लागि एउटा स्पेशल टास्क फोर्स गठन गर्ने निर्णय गरेका छन्।
उनी नेतृत्वको तमिलगा वेत्री कजगम (टिभिके)ले बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई आइतबार मुख्यमन्त्री नियुक्त गरेका थिए।
आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियममा शपथ लिएका हुन्।
त्यस्तै बुसी एन आनन्द, आधव अर्जुन, केजी अरुणराज, केए सेंगोट्टैयन, पी वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए राजमोहन, टी के प्रभु र एस कीर्तनाले मन्त्रीको शपथ लिए।
टिभिकेलाई कंग्रेस आई, सिपआई, सिपिएम, विदुथलाई चिरुथैगल कच्ची (भीसीके) र इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल)ले समर्थन दिएको छ।




प्रतिक्रिया