काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको छ ।
ट्राफिक प्रहरीले आइतबार बग्गीखानामा सवारीधनीलाई मोटरसाइकल बुझाएको हो । आज ६५ वटा दुई पांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरिएको छ ।
दुई दर्जनबढी मोटरसाइकल उपत्यकाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा फेला पारेर धनीलाई बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ । धेरै जसो काठमाडौं उपत्यकाबाट पल्सर बाइक चोरी हुँदै आएको ट्राफिक प्रहरीको भनाइ छ ।
चालू आर्थिक वर्षमा मात्रै काठमाडौं उपत्यकाबाट दुई हजार २६ वटा सवारीसाधन चोरी भएको निवेदन ट्राफिक प्रहरीमा परेको थियो ।




प्रतिक्रिया