अब एकै दिनमा कम्पनी दर्ता हुने


काठमाडौँ । सरकारले अब एकै दिनमा कम्पनी दर्ता, कर छुट, बिउ पूँजीलगायतका सेवा प्रदान गर्ने घोषणा गरेको छ।

अगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्।

सरकारले ‘स्टार्टअप नेपाल’ पोर्टलमार्फत उक्त कामहरु गर्ने भएको हो । त्यस्त्ौ ग्रामिण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक उद्यमशील व्यवसायको रुपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्द्ध गरिने सरकारको निति तथा कार्यक्रममा उल्लेख छ ।

उत्पादन वृद्धि, लागत न्यूनीकरण र खाद्यान्न आत्मनिर्भरता लागि नीतिमा सुधार र प्याकेजमा आधारित उत्पादन प्रणालीमार्फत कृषिमा यान्त्रिकीकरणलाई तिव्रता दिइने पनि उनले बताए।