काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद पूजा चौधरी, विष्णुकुमारी सापकोटा र श्रीकृष्णप्रसाद अधिकारीले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै व्यवस्थित बसोबास र आधारभूत आवश्यकता सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
सांसद पदमबहादुर परियारले अपाङ्गता भएका व्यक्तिले पाउनुपर्ने सेवा, सुविधा र अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरे ।
सांसद सावित्री मल्लले नीति तथा कार्यक्रम पुरानै कर्मकाण्डी शैलीमा आएका रहेको टिप्पणी गरिन् ।
सांसद रेणु चन्दले सिंहदरबारको दक्षिण गेट खुला गर्नुपर्नेमा जोड दिइन् । उक्त गेट खुला गरिए पैदल आवतजावत गर्ने सांसद तथा सर्वसाधारणलाई सहज हुने उनको भनाइ छ ।




प्रतिक्रिया