लागूऔषधसहित चौध जना पक्राउ


काठमाडौँ, ३१ वैशाख । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधिसहित १४ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन÷तीन, मोरङ र चितवनबाट दुई÷दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक÷एक जना पक्राउ परेका हुन् ।

लागूऔषध ब्यूरोबाट परिचालित टोलीले उनीहरुका साथबाट खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइक्लोमाइन, नाइट्राभेट, ट्रामाडोल, एलएसडी नियन्त्रित औषधि बरामद गरेको छ ।  रासस