नीति तथा कार्यक्रममा नयाँपन नआएको राप्रपाको गुनासो


काठमाडौँ, ३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले अपेक्षाअनुसार नयाँ सरकारको नीति तथा कार्यक्रममा नयाँपन नआएको बताएकी छिन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै उनले नीति तथा कार्यक्रम सुस्पष्ट नभएको र कहाँ पुग्ने भन्ने गन्तव्य तय नभएको उल्लेख गरिन् ।

ओलीले परिणाममा आधारित बजेट र कार्यक्रम बनाएर उत्तरदायी र पारदर्शी कार्य गर्न आग्रह गरिन । रासस