काठमाडौं, जेठ १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले संसद्मा प्रधानमन्त्रीको अनुहार हेर्न नभइ काम गर्न बोलाइएको बताएका छन्। समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रधानमन्त्रीको मूल काम नीति निर्माण गर्नु भएको र नीति निर्माण गर्ने सर्वोच्च थलो संसद् भएको बताउँदै नीति निर्माण कुनै गोप्य कोठा नभइ संसद्मा गरिने भनाइ राखेका छन् ।
उनले लेखेका छन्, प्रधानमन्त्रीलाई संसदमा भाषण गर्न होइन, काम गर्न बोलाइएको हो। उहाँको मूल काम नीति निर्माण गर्नु हो, र नीति निर्माण गर्ने सर्वोच्च थलो संसद हो नीति निर्माण संसदमा गरिन्छ कुनै गोप्य कोठा होइन। संसदमा प्रधानमन्त्रीको अनुहार हेर्न होइन, काम गर्न बोलाइएको हो। प्रधानमन्त्रीको जिम्मेवारी नै के हो भन्ने नबुझ्ने युवाहरू कसरी सचेत नागरिक बन्न सक्छन्रु व्यक्ति पूजा र अन्धभक्तिको प्रवृत्तिले नै इतिहासमा भदौ २३–२४ जस्ता घटना जन्माएका हुन्। संसद कमजोर भयो भने प्रजातन्त्र कमजोर हुन्छ, र प्रजातन्त्र कमजोर भयो भने जनताको आवाज कमजोर हुन्छ। जनताको आवाज कमजोर भयो भने विकास कमजोर हुन्छ। सुशासन कमजोर हुन्छ।




प्रतिक्रिया