काठमाडौं । अमेरिकाका विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा आउने भएका छन् ।
‘आकाशवाणी’ का अनुसार विदेशमन्त्री रुबियो चार दिने भारत भ्रमण शनिबारदेखि सुरू हुँदैछ । भ्रमण तािलका अनुसार उनी दिल्ली, जयपुर, कोलकाता र आगरा जाने कार्यक्रम तय भएको छ ।
बीबीसीका अनुसार मिडियासँग कुरा गर्दै रुबियोले भनेका छन्, ‘हामी भारतले खरिद गर्न चाहेजति एनर्जी बेच्न चाहन्छौं । अमेरिका यतिबेला उत्पादन र निर्यातको ऐतिहासिक स्तरमा छ । हामी यसलाई अझै बढाउन चाहन्छौं ।’
होर्मुज स्ट्रेटमा आवतजावत बन्द रहेका कारण संसारभर ऊर्जा संकट जारी छ । भारतमा पनि त्यसको असर देखिएको छ ।




प्रतिक्रिया