सिरहा । लहान नगरपालिकाले पनि आइतबार विद्यालय सञ्चालन गर्ने भएको छ । केन्द्र सरकारले विद्यालयमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेपनि नगरपालिकाले आइतबार सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख महेश प्रसाद चौधरीले शुक्रबार जारी गरेको सूचनाअनुसार नगर कार्यपालिकाको निर्णय बमोजिम पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरू अब आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सञ्चालन हुनेछन् । विद्यालय सञ्चालनको समय भने साविककै रहने जनाइएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले इन्धन खपत नियन्त्रण, प्रशासनिक खर्च व्यवस्थापन तथा सरकारी प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यसहित संघीय सरकारले दुई दिने साप्ताहिक बिदाको व्यवस्था गरेको थियो ।



प्रतिक्रिया