संसद्मा आजदेखि बजेट छलफल, अर्थमन्त्रीले आज आयव्ययको प्रस्ताव पेस गर्ने


काठमाडौं, जेठ १८ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत आजदेखि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल सुरु हुँदैछ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज १ बजे बस्ने सोह्रौं बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजूव र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ। अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेपछि उक्त वार्षिक अनुमानमाथि सदनमा छलफल सुरु हुने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए।