कालिका मन्दिर परिसरमा वृक्षरोपण


ढोरपाटन (बागलुङ), २२ जेठ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा बागलुङको कालिका मन्दिर परिसरमा वृक्षरोपण गरिएको छ ।

मन्दिर परिसरमा कल्की फूल, अमला, तेजपात, कपुरलगायत जडीबुटीका झण्डै १०० औषधीय गुण भएका बिरुवा रोपिएको हो ।

डिभिजन वन कार्यालयको अगुवाइमा धार्मिक महत्त्व तथा पर्यावरणलाई सन्तुलित राख्ने उद्देश्यले विश्व वातावरण दिवसका सन्दर्भमा वृक्षरोपण गरिएको डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले जानकारी दिए । कालिका मन्दिरमा देश तथा विदेशबाट धार्मिक पर्यटक आउने गर्छन् ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले यहाँ लगाइएका बिरुवालाई हुर्काउने र संरक्षण गुठीले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, नेपाली सेना, नेपाल प्रहरी र कर्मचारीले वृक्षरोपण गरेका हुन् । वन कार्यालयले मन्दिरको फोहर व्यवस्थापनका लागि २० थान डस्टबिन सहयोग गरेको छ । रासस

Skip This

Omoda E5 Pro