काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको सभापतिमा अविनाश बस्नेत निर्वाचित भएका छन् । शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनमा निर्वाचनको अन्तिम मतपरिणामअनुसार सभापति पदमा बस्नेतले १८१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी वृखबहादुर बम्जन (अशोक) ले ८८ मत प्राप्त गरे भने कर्णबहादुर कार्कीले ४ मत प्राप्त गरेका थिए ।
रास्वपा सिन्धुली जिल्ला अधिवेशन मार्फत निर्वाचित भएका जिल्ला समिति :-
१. सभापति – अविनाश बस्नेत
२. उपसभापति – रामचन्द्र अधिकारी
३. सचिव – लाल प्रसाद देवकोटा
४. सहसचिव – दिनेश प्रसाद सापकोटा
५. कोषाध्यक्ष –
६. सदस्य – कुमार रसाइली
७. सदस्य – दिवस पहाडी
८. सदस्य – सूर्य कुमारी गौतम
९. सदस्य – सुनिता गजुरेल
१०. सदस्य – वृख बहादुर बम्जन
११. सदस्य –
क्षेत्र नं. १ संयोजक – मनिष कार्की
क्षेत्र नं. २ संयोजक – कैलाश थापा



प्रतिक्रिया