रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित


दाङ, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको सभापतिमा किरण खनाल निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक लोकमान रिजालका अनुसार सभापतिमा निर्वाचित खनालले १९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी विनय घिमिरेले १२४ मत प्राप्त गरेका छन् ।

सभापति पदका अर्का उम्मेदवार केदार रजौरेले छ र किरणकुमार आचार्यलेले दुई मत प्राप्त गरेका छन् ।

उपसभापति पदमा निराजन थापा विजयी भएका छन् । उनले २४१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी सुनिता रावतले ८० मत प्राप्त गरेका थिए ।

त्यसैगरी, सचिवमा असीम भुसाल निर्वाचित भएका छन् । उनले २०० मत प्राप्त गरे भने अर्का उम्मेदवार बलीराम खत्रीले १२३ मत प्राप्त गरेका थिए ।

सहसचिवमा प्रमिला रोका विजयी भएकी छिन् । उनले १४८ मत प्राप्त गरेकी छन् उनका प्रतिद्वन्द्वीद्वय क्रमशः दीपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गरेका छन् ।

यसैगरी, सदस्यहरुमा प्रताप पुन, चुम्मन चौधरी, गोमा शर्मा, पवित्रा विक निवार्चित भएका छन् ।

Skip This

Omoda E5 Pro