लाङ्टाङ ट्रेल रन सम्पन्नः अस्ट्रियाकी अन्ना तेस्रो


रसुवा, २४ जेठ । लाङ्टाङ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्दै अन्तरराष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले आयोजित दोस्रो संस्करणको लाङ्टाङ ट्रेल रन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता लाङ्टाङको क्याञ्जिन गुम्बाबाट सुरु भई स्याफ्रुबेँसीमा आएर सम्पन्न भएको हो ।

रसुवा(नुवाकोट पर्यटन समाजको आयोजनामा भएको प्रतियोगितामा नेपालसहित विभिन्न देशका १०६ जना धावकहरूको सहभागिता थियो । महिला समूहतर्फ अस्ट्रियाकी धाविका अन्ना लेना फ्रुट्नर तेस्रो भएा छन् । उनले पाँच मिनेट नौ सेकेन्डमा स्याफ्रुबेँसी पुगी उपाधि हात पारेका हुन् ।

दोस्रो विजेता नेपालकी सुरक्षा तामाङ र प्रथम विजेतामा अन्जली गुरुङ यो । पुरुषतर्फ प्रथम मिलन कुलुङ, द्वितीय धिरबहादुर बुढा र तृतीय विशाल राई भएका छन् । ट्रेल रनमा सान्त्वनाअन्तर्गत दुवै समूहका पाँचरपाँच जनालाई पुरस्कार वितरण गरिएको आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिताको समापन समारोहमा आयोजक संस्थाका अध्यक्ष बलराम न्यौपानेले खेलकुदमार्फत हिमाली पर्यटनको प्रचारप्रसार गर्दै लाङ्टाङ क्षेत्रलाई विश्व बजारमा चिनाउने लक्ष्य रहेको बताए । उनले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यवस्थित र अन्तरराष्ट्रियस्तरको बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।

बागमती प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा सम्पन्न प्रतियोगिताले लाङ्टाङ क्षेत्रको प्राकृतिक सौन्दर्य, संस्कृति र साहसिक पर्यटनको सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले उल्लेख गरेको छ ।

समापन कार्यक्रममा विजेता खेलाडीहरूलाई नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागी धावकहरूले लाङ्टाङ क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमाली वातावरण तथा स्थानीय आतिथ्यताप्रति सकारात्मक प्रतिक्रिया दिएका आयोजकले जनाएको छ । रासस

Skip This

Omoda E5 Pro