चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य


चितवन, २७ जेठ । यहाँका किसानले राज्यले तोकेका चैते धानको समर्थन मूल्य पाउन सकेका छैनन् ।

साना किसान कृषि सहकारी संस्था लि का अध्यक्ष रामशरण पाठककले एक हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानले समर्थन मूल्य पाउन नसकेको बताए ।

पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लि का अधिकांश किसानले समर्थन मूल्य नपाएका हुन् । समर्थन मूल्यसमेत नपाएपछि भने किसान दुःखी भएका छन् । भरतपुर महानगरपालिका–२८, राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेलले किसानले समर्थन मूल्य नपाउँदा किसान निरासा भएको बताए ।

जिल्लामा चैते ५, हर्दिनाथ १, पिआर, टाइचिन जातका चैते धान खेती गरिएको थियो ।

भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेलले समर्थन मूल्य नपाउँदा किसानलाई मर्का परेको बताए ।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले चैते धानको समर्थन मूल्य तोक्न सरकारले ढिलाइ गरेको बताए । यस वर्ष चितवनमा नौ हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ ।

Skip This

Omoda E5 Pro