बुच्चाकोटमा यात्रुबस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्याे


काठमाडौँ काभ्रेको बुचाकोटमा आज भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर घाइते भएका १७ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको उनले बताए ।

नमोबुद्ध नगरपालिका–२ मा दुर्घटनामा परेको उक्त बस बिपी राजमार्गबाट करिब २ सय मिटर तल खसेको छ। बस दुर्घटनामा पर्नुको कारण भने अझै खुलेको छैन ।

Skip This

Omoda E5 Pro