मधेश सरकारले बजेट घट्यो, अहिलेसम्मकै सानो आकारमा बजेट ल्याउँदै


जनकपुरधाम । मधेश सरकारले आज अहिलेसम्मकै सानो आकारको बजेट ल्याउने भएकाे छ । भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, यातायात समेटेर आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि बजेट ल्याउन लागेको हो ।

आज सदनमा अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसको लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

मधेश सरकारले आज स्थापनाकालदेखि अहिलेसम्मकै सानो आकार अर्थात ४२ अर्बभित्रको बजेट ल्याउन लागेको हो ।

यसअघि गत वर्ष मधेश सरकारले चालु आर्थिक वर्ष ८२/८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो । तर, पछिल्लो समयमा करिब १२ अर्ब रुपैयाँ बजेट घाटा भएपछि सरकारले प्रत्येक विकासे योजनामा २० प्रतिशतसम्मको बजेट कटौती गरेको छ ।