जनकपुरधाम । मधेस प्रदेश सरकारले सन् २०२६ देखि २०३६ सम्मका लागि ‘डिजिटल मधेस दशक’ घोषणा गरेको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सोमबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्दै आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा गरी सोही अनुसार कार्यक्रम अघि बढाइने जानकारी दिए ।
उनले प्रादेशिक खेलाडी प्रोत्साहन तथा जीवन निर्वाह भत्तामार्फत खेलाडीलाई प्रोत्साहित गर्ने योजना पनि बजेटमार्फत सार्वजनिक गरे ।
नव उद्यमीका लागि कोषको व्यवस्था गरिने, सय दिने युवा रोजगारी ग्यारेन्टी कार्यक्रम सञ्चालन जस्ता विषय बजेटमा समेटिएको उनले बताए ।



प्रतिक्रिया