गण्डकी सरकारले ल्यायाे ३३ अर्बको बजेट (पूर्णपाठ)


पोखरा ।  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जितबहादुर शेरचनले पुँजीगत तर्फ ६० प्रतिशतभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए ।

पुँजीगत तर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालू तर्फ १२ अर्ब ७२ करोड ३६ लाख ७८ हजार रुपैयाँ अर्थात् ३८।५६ प्रतिशत बजेट विनियोजन भएको हो । 

सरकारले प्रस्तुत गरेको बजेट चालू वर्षको भन्दा १ अर्बले बढी हो । चालू आर्थिक वर्षमा प्रदेश सरकारले ३१ अर्ब ९७ करोडको बजेट प्रस्तुत गरेर कार्यान्वयन गरिरहेको छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड रुपैयाँ छुट्टाइएको छ । चालू खर्च गत वर्षभन्दा १ प्रतिशत घटाइएको सरकारले जनाएको छ ।