गैरसरकारी संस्थालाई सरकारी भवन छाड्न निर्देशन


काठमाडौं, २ असार । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी भवन तथा सार्वजनिक निकायका संरचनाभित्र सञ्चालन भइरहेका गैरसरकारी संघ–संस्थाका कार्यालय हटाउन निर्देशन दिएको छ।

प्रशासनले सूचना जारी गर्दै संस्था दर्ता ऐन, २०३४ अन्तर्गत दर्ता भएका प्राविधिक तथा पेशागत संघ–संस्थालाई ७ दिनभित्र सरकारी भवन खाली गर्न भनेको हो।

साथै, सरकारी कार्यालय र सार्वजनिक निकायलाई त्यस्ता संस्थाका बोर्ड तथा अन्य संरचना हटाई ओगटिएको स्थान खाली गराउन आग्रह गरिएको छ। निर्देशनको पालना नगरे कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।