राप्रपाको केन्द्रीय समिति बैठक सुरु,तीन पूर्वअध्यक्षसहितका नेताहरूले गरे बहिष्कार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज सुरु भएको छ ।

धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बोलाइएको बैठक तीन पूर्वअध्यक्षसहितका नेताहरूले भने बहिष्कार गरेका छन् ।

पूर्वअध्यक्षत्र पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापासहित उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, कार्यसम्पादन समिति सदस्य अर्जुन राई, हरिबहादुर बस्नेत, सहायक प्रवक्ता प्रवीण थोकर, सहायक महामन्त्री प्रेमबहादुर रैयार, सहायक महामन्त्री ऋषि देवकोटा, सह–महामन्त्री रीना गुरुङलगायतका केन्द्रीय सदस्यहरू बैठकमा अनुपस्थित रहेको जानकारी दिए ।

उनीहरूले केन्द्रीय समिति सदस्यबाहेक अन्य व्यक्तिलाई पनि बैठकमा सहभागी गराइएको भन्दै बैठक बहिष्कार गरेको बताएका छन् ।