काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालका लागि वैदेशिक ऋण लिनु बाध्यात्मक अवस्था भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको छलफलमा उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।
अर्थमन्त्री वाग्लेले नेपालले आफैँ तिर्दै जाने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गरेकाले ऋण लिने कुरालाई लिएर जहाज नै डुब्छ भने जसरी विरोध गर्न आवश्यक नरहेको टिप्पणी गरे ।
‘ऋण लिँदैमा जहाज नै डुब्ने, आकाश नै खस्ने होइन । माननीयजीहरूबाट नै आइसक्यो । ऋण लिनु खराब होइन, ऋण लिनुपर्दछ । हाम्रो त बाध्यात्मक अवस्था नै छ । कहाँ सदुपयोग गरियो ? त्यो उल्लेख्य हो,’ उनले भने ।



प्रतिक्रिया