काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै कम्प्रोमाइज नगर्ने बताएका छन् । शनिबार रास्वपाको पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
ं‘संघीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान, यो मुलुकलाई यहाँसम्म ल्याइपुर्याउँदा भएका त्याग, बलिदान, संघर्षको जगमा हामी उभिएका छौं । र, हामीलाई यसमा गर्व छ । हिजोको त्याग र बलिदानको उचाइको काँधमा बस्न पाएकाले आफूले फराकिलो दृश्य देख्न पाएका छौं,’ उनले भने ।
ती मूल्यमान्यता र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख नहुने उनले बताए ।
यस्तै आफ्ना लागि पार्टीको आन्तरिक लोकतन्त्र असाध्यै महत्वपूर्ण रहेको उनले बताए । उनले भने,आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउनका निमित्त सभापतिका रूपमा, संस्थापक सभापतिका रूपमा कति भूमिका निर्वाह गर्न सके वा सकिनँ यहाँहरूले मूल्यांकन गर्ने कुरा हो ।’



प्रतिक्रिया