रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे गगन थापा


काठमाडौं । रास्वपा महाधिवेशनमा सहभागी हुनका लागि नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन् ।

रास्वपाको पहिलो महाधिवेशन केहीबेरमा सुरु हुँदैछ । रास्वपाले गरेको निम्तो स्वीकार्दै थापा चितवन पुगेका हुन् ।

यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले(का नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेका छन् ।

यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगिसकेका छन् ।