चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन आजबाट चितवनमा भव्यताका साथ सुरु भएको छ। महाधिवेशनमा मुस्लिम क्लस्टरबाट युवा नेता नुर मोहम्मद मियाले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। मिया रास्वपाको केन्द्रिय श्रम विभाग सदस्यमा रहेर यसअघि काम गरिसकेका छन् ।
मियाले पार्टीभित्र मुस्लिम समुदायको अधिकार, समावेशी प्रतिनिधित्व र युवा ऊर्जालाई स्थापित गर्न आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन्।

`रास्वपा देशको वैकल्पिक र सबैभन्दा भरपर्दो राजनीतिक शक्ति बनिसकेको छ। अब यसलाई विचार, संगठन र आचरणका हिसाबले अझै अब्बल बनाउनु पर्ने चुनौती हामीमाझ छ,´ उनले भने `म पार्टीको केन्द्रीय तहमा पुगेर रास्वपालाई आम नागरिकको मर्म बुझ्ने र भुइँतहका मानिसहरूलाई जोड्ने एउटा सुदृढ राजनीतिक दल बनाउन हरदम प्रयास गर्नेछु।´
आज सुरु भएको रास्वपाको महाधिवेशन असार ९ सम्म चल्नेछ ।



प्रतिक्रिया