काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पार्टीले सपना देखाउन मात्र नभएर परिणाम दिन पनि जानेको बताएका छन् ।
आइतबार रास्वपाको प्रथम महाधिवेशनलाई भरतपुरमा सम्बोधन गर्दै डा. वाग्लेले रास्वपा युवापुस्तालाई अवसरको खोजीमा विदेशिनुपर्ने अवस्थाको अन्त्यको पक्षमा रहेको बताए ।
‘हामीले प्रमाणित गर्नुछ कि नयाँ पुस्ताले केवल प्रश्न सोध्न मात्र जान्दैन, उत्तर पनि दिन सक्छ। केवल विरोध गर्न मात्र जान्दैन, शासन पनि चलाउन सक्छ। केवल सपना देख्न मात्र जान्दैन, परिणाम पनि दिन सक्छ। आजको महाधिवेशनको मूल प्रश्न यही हो – रास्वपाले नेपालको भविष्य कस्तो देख्छरु हामी यस्तो उदार लोकतन्त्र चाहन्छौँ, जहाँ निर्वाचनले सरकार बनाओस्, तर संविधान, कानुनको शासन र नागरिक स्वतन्त्रताले सत्तालाई मर्यादित राखोस्, जहाँ बहुमतले शासन गरोस्, तर अल्पमत पनि सम्मानित रहोस्,’ उनले भने ।



प्रतिक्रिया