काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेस रास्वपाको दुश्मन नभएर प्रतिस्पर्धी रहेको बताएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘
‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी प्रतिस्पर्धा गर्ने हो । हामी अग्लो हुन चाहन्छौं । तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ । हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं । बन्छौं पनि एक दिन,’ उनले भने ।
तर, रास्वपालाई सानो बनाएर वा खुट्टा काटेर आफूहरू अग्लो हुने चाहना नरहेको उनले बताए ।



प्रतिक्रिया