काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पार्टीमा गुट बनाउन नहुने बताएका छन् ।
मंगलबार रास्वपाको पहिलो महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले आफू कोही पनि उमेदवारको पक्षमा नलागने समेत बताए । ‘म अलग तरिकाले आइसोलेसनमा बसेँ । जो छानिए पनि मेरै हो । पार्टीको स्थापनादेखि लागेकालाई हाम्रो अधिकार भन्ने लागेको हुन सक्छ । नयाँलाई पनि सक्षम बनाउछौँ, अर्को पार्टी छाडेर आएका हौँ भन्ने लागेको होला । सांसद या मन्त्रीलाई उमेदवार बन्न नदिने भन्ने औपचारिक निर्णय गरेको छैन । यो भ्रममा नलाग्नुहोला’, उनले भने ।
उनले पुराना पार्टीहरुको जस्तै कुलिन शैलीको निरन्तरता नखोन्न कार्यकर्तालाई आग्रह पनि गरे ।



प्रतिक्रिया