काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले इतर पक्षका नेताहरूलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन् । आज झापा पुगेका सभापति थापाले सदस्यता अद्यावधिक नगर्ने सदस्यलाई पार्टीले सम्मान गर्ने भएपनि सदस्यको रूपमा नचिन्ने बताएका छन्।
पूर्वसभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका नेताहरूले सदस्यता अद्यावधिक गरेका छैनन्।
.उनले भने, ‘म सबै नेताहरूलाई सम्मान पनि गर्छु। सबै नेताहरूले अधिवेशनमा भाग लिनुपर्छ भन्ने पनि ठान्छु। तपाईँहरू मध्ये कसैले अद्यावधिक गर्नुभएको छैन भने मलाई क्षमा गर्नुहोला। अद्यावधिक नभएको कोही पनि सदस्यलाई नेपाली कांग्रेस पार्टीले सम्मान गर्छ, माया गर्छ तर पार्टी सदस्यको रूपमा चिन्दैन। अब सिस्टमले नै चिन्दैन।’
उनले पार्टीाम युवाहरू आउँदा आफूलाई खुसी लाग्ने गरेको बताए।
‘नयाँ पुस्ताका कांग्रेस चलाउन सक्ने एक से एक साथीहरू आएका छन्, यिनीहरूलाई देखेर खुसी पो लाग्छ। अब यिनले सम्हाल्छन् कांग्रेस भनेर। झ्याम्म कुर्सी समातेर अड्काएर बसेर छ त्यसपछि गएर हल्लिन पनि पाउँदैन, उठ्न पनि पाउँदैन, दायाँ पनि गर्न पाउँदैन यसरी चल्दैन,’ थापाले भने ।



प्रतिक्रिया