‘नेपालले भारतको सीमा कहाँ–कहाँमिचेको छ ? रास्वपाको दस्ताबेज बोलोस्’ : विश्वप्रकाश शर्मा


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीले बोलेको सिमा सम्बन्धि अभिव्यक्तिबारे धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

कांग्रेस झापाको जिल्ला भेलालाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘रास्वपा मान्दछ, प्रधानमन्त्रीले भनेझैँ नेपालले भारतको सीमा मिचेको छ ? हो भने कहाँ–कहाँ ?रास्वपाको दस्ताबेज बोलोस्,’ उनले भने ।

नभए प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्‌मा गएर अभिव्यक्ति फिर्ता लिन रास्वपाले भन्नुपर्ने उनको भनाइ छ ।