विराटनगर । विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राति शव जलाउने स्थानमा अश्लील गतिविधि गर्ने विराटनगर –६ का ४० वर्षीय ४४ वर्षीय सुरेन्द्रमणि मण्डल र विराटनगर ४ का ४४ वर्षीय छबिलाल घिमिरे, सुनसरीको रामधुनी नगरपालिका– ६ का २५ वर्षीय कैलाश ढुंगाना र भोजपुरको रामप्रसाद राई गाउँपालिकाका– ६ का १८ वर्षीय मनिष काफ्ले पक्राउ परेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
यो समूहले आइतबार राति शव जलाउने स्थानमा बसेर आगो बालेर होहल्ला गर्दै पूजा गरेको थियो । आइतबार भने ६ जनाको समूह थियो । सोमबार राति पनि सोही गतिविधि दोहोह्रयाएपछि प्रहरीले पक्राउ गरेको हो ।
शव जलाउनका लागि तयार पारिएको चितामा आगो बालेर आइतबार ६ जना युवाले बसेर अश्लील हर्कत गरेका थिए । स्थानीयले खिचेको भिडियोमा देखिए अनुसार, तीमध्ये दुई जना युवा पूर्ण रूपमा निर्वस्त्र थिए ।



प्रतिक्रिया