काठमाडौँ । प्रतिनिधिसभामा बुधबार एमाले सांसद राजेन्द्रकुमार राईले सभामुख डीपी अर्यालको कार्यक्षमतामाथि नै सिधा प्रश्न उठाएपछि संसद्को वातावरण एकाएक तातिएको बैठक नै १५ मिनेटका लागि स्थगित हुन पुग्यो।
एमालेका एक सांसदले रोष्टम वा आसनबाट कुरा राखिरहेकै समयमा सभामुख अर्यालले अर्का सांसदलाई बोल्ने समय दिएपछि विवादको बीजारोपण भएको थियो। सोही कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै एमाले सांसद राईले संसद्मै आक्रोश पोखे– ‘तपाईंको खुट्टी देख्दै थाहा पाइयो, तपाईंले पाँच वर्ष संसद् चलाउन सक्नुहुन्न।’
सांसद राईको यस्तो कडा र अमर्यादित टिप्पणीपछि सभामुख अर्याल पनि शान्त रहन सकेनन्। उनले राईलाई संसद्को मर्यादाभित्र रहेर बोल्न चेतावनी दिए। तर, दुवै पक्षबीचको नोकझोक र हलभित्रको कोलाहल नियन्त्रणबाहिर गएपछि सभामुखले बैठक नै स्थगित गर्ने निर्णय गरे।



प्रतिक्रिया