गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त


काठमाडौँ । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल सरकारको मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कार्कीलाई मुख्यसचिवको जिम्मेवारी दिइएको जानकारी दिए ।

वर्तमान मुख्यसचिव सुमनराज अर्यालले आगामी असार २६ गते अनिवार्य अवकाश पाउँदै छन् । अर्यालको कार्यकाल सकिन दुई दिन बाँकी रहँदा सरकारले रिक्त हुने सो पदमा कार्कीलाई नियुक्त गरेको हो ।