संविधान संशोधनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्दै


काठमाडौं ।  नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी आफ्नो दृष्टिकोण आज सार्वजनिक गर्ने भएको छ।

संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिको आयोजनामा ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रम  बिहीबार अपराह्न २:०० बजे को लागि आयोजना गरिएको छ । कार्यक्रम कांग्रेस केन्द्रिय कार्यालय सानेपामा हुने  पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

कार्यक्रममा नेपाली कांग्रेसको सभापति गगन कुमार थापाको पनि उपस्थिति हुने भएको छ ।

आयोजक समितिले कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, संविधानविद्, बुद्धिजीवी, सञ्चारकर्मी तथा सरोकारवालाको गरिमामय उपस्थितिका लागि अनुरोध गरेको छ।

उक्त कार्यक्रममा संविधान संशोधनका विषयमा नेपाली कांग्रेसको धारणा तथा विज्ञ समितिले तयार पारेका सुझावबारे छलफल हुने बुझिएको छ ।

उपसभापति पुष्पा भुसाल संयोजक रहेको संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समिति सदस्यमा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, वरिष्ठ अधिविक्ता उपेन्द्रकेशरी न्यौपाने, वरिष्ठ अधिविक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता सीताराम केसी, वरिष्ठ अधिवक्ता ललितकुमार बस्नेत, अधिवक्ता रनबहादुर थेवे, अधिवक्ता शर्मिला श्रेष्ठ, अधिवक्ता झलमाया विक छन्।

संविधान संसोधनको लागि बहसपत्र तयार गर्न सरकारले पनि प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल बनाएको थियो । सो कार्यदलमा कांग्रेसले आफ्नो सदस्य पठाएको थिएन ।

उक्त कार्यदलमा रहेका राजनीतिक दलहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कार्यदल छाडेका छन् । 

इतिहास, जनश्रुति र संरक्षणको मौन साक्षी

दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा गर्ने चर्चा छ : नारायणकाजी श्रेष्ठ