प्रतिनिधि सभाको बैठक असार ३० गते

File Photo

काठमाडौँ । प्रतिनिधि सभाको बैठक असार ३० गतेसम्मका लागि स्थगित भएको छ।

सभामुख डोलप्रसाद अर्यालले बैठक असार ३० गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

शुक्रबार सिंहदरबारस्थित संसद् भवनमा बसेको बैठकमा विभिन्न निकायका वार्षिक प्रतिवेदन पेस भएका थिए।

त्यस्तै बैठकले राष्ट्रिय सेवा दल विधेयक २०८३ विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।