काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ ।
शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन् । उनलाई शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पतालमा ल्याइएको थियो ।
मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको छ । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको छ ।



प्रतिक्रिया