काठमाडौं, असार २८ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक कर्रा खोलामा आएको बाढीले एउटा खाली ट्रक बगाएको छ।
आज बिहान करिब साढे सात बजे आसपास खोलामा आएको बाढीका कारण ह्युम पाइप राखेर बनाइएको कल्भर्ट माथिबाट पानीको बहाव बढ्दा सिमेन्ट फ्याक्ट्रीबाट ढुंगा अनलोड गरेर फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बगाएको हो ।
ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी करिब ३४ वर्षीय दिपक थिङ भने पौडिएर सुरक्षित बाहिर निस्किन सफल भएका छन्। उनको खुट्टामा सामान्य चोट लागेको र उपचारका लागि चौघडास्थित राजु मेडिकलमा पठाइएको प्रहरीले जनाएको छ। बाढीले बगाएको ट्रक भने खोलामै रहेको र त्यसलाई निकाल्ने प्रयास भइरहेको छ।



प्रतिक्रिया