काठमाडौ । आज(बुधबार)बाट फुल सिलिन्डर ग्यास पाउने भएको छ । नेपाल आयल निगम लिमिटेडले तत्कालीन परिस्थिति र बजारमा ग्यासको उच्च मागलाई मध्यनजर गर्दै आधा सिलिन्डर ग्यास बिक्री गर्न उद्योगलाई पहिले निर्देश दिएको थियो ।
निगमले सार्वजनिक गरेको सूचना अनुसार भोलिदेखि लागू हुने गरी मुलुकभर नै साबिक बमोजिमको १४.२ के.जी. क्षमताको ग्यास सिलिन्डर पुनः बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको हो ।
बजारमा उपलब्ध हुने पूर्ण क्षमताको १४.२ केजी ग्यास सिलिन्डरको पूरा मूल्य र २,०६० रुपैयाँ तोकिएको छ ।
रास्वपाकाे वरिष्ठ नेता वालेन्द्र शाह(बालेन) नेतृत्वकाे सरकार बनेलगत्तै मध्यपूर्वमा तनाव बढेपछि ग्यास आपूर्तिमा समस्या भएकाे भन्दै आधा सिलिण्डर मात्रै ग्यास वितरण गरिएकाे थियाे । मध्यपूर्वकाे तनाव कम भएसँगै प्रधानमन्त्री बालेनकाे निर्देशनपछि निगमले फुल सिलिन्डर ग्यास वितरण गर्न लागेकाे हाे ।



प्रतिक्रिया