काठमाडौं । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल कालीकोट जिल्लामा पुगेका छन्। कर्णाली करिडोरको अनुगमन गर्दै मन्त्री लम्साल सनिबार पैदल मार्गबाट कालीकोट पुगेका हुन्।
मन्त्रीले कर्णाली प्रदेशको समग्र पूर्वाधार विकास, वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे स्थलगत अनुगमन तथा छलफल कार्य भई रहेको सासद रमेश साप्कोटाले बताए।
यस क्रममा सुर्खेत, दैलेख, कालिकोट, मुगु, जुम्ला, हुम्ला क्षेत्रको प्रत्यक्ष अवलोकन, कर्णाली राजमार्ग र कर्णाली करिडोरको अवस्था अनुगमन तथा स्थानीय आवश्यकता र जनअपेक्षा बारे विस्तृत छलफल मन्त्री लम्सालले गरे ।




प्रतिक्रिया