काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अबको स्थानीय तह निर्वाचन र प्रदेशको चुनावमा उज्यालो नेपाल पार्टीले नै जित्ने दाबी गरेका छन् ।
पार्टीको खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान बालेन शाह नेतृत्वको सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताए ।
बर्खायामपछि देशव्यापी रूपमा तीन महिनाको कार्यक्रम पार्टीले घोषणा गर्ने उनले जानकारी दिए । हरेक गाउँपालिकामा पुगेर जनताको समस्या बुझ्ने काम आफूहरूले गर्ने बताए ।
दुईतिहाइ नजिकको सरकारले जनताको आशा र भरोसालाई झन् निराशामा बदल्ने काम गरेको बताउँदै अबको स्थानीय तह निर्वाच, प्रदेश र त्यसपछिको संघको चुनावमा उज्यालो नेपालबाहेक जनताले अरू कुनै पार्टी नरोज्ने उनले दाबी गरे ।




प्रतिक्रिया