श्रीलङ्का । श्रीलङ्काली राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शुक्रबार सरकारले चलिरहेका शिक्षा सुधारहरूसँगै व्यावसायिक शिक्षालाई थप प्राथमिकता दिने र सन् २०२७ को बजेटमार्फत यसका लागि आवश्यक रकम विनियोजन गरिने बताएका छन् ।
राष्ट्रपतिले यो कुरा सन् २०२६ को बजेटअन्तर्गत शिक्षा, उच्च शिक्षा र व्यावसायिक शिक्षालाई दिइएका परियोजनाहरूको कार्यान्वयन समीक्षा गर्न र सन् २०२७ को लागि बजेट आवश्यकताबारे छलफल गर्न आयोजित बैठकमा उल्लेख गरेका हुन् ।
सन् २०२६ को बजेटमा मन्त्रालयलाई ३०३ अर्ब श्रीलङ्काली रुपैयाँ अर्थात् करिब एक अर्ब अमेरिकी डलर विनियोजन गरिएको छ । जसमध्ये १६० अर्ब सामान्य शिक्षाका लागि, १२२ अर्ब उच्च शिक्षाका लागि र २० अर्ब व्यावसायिक शिक्षाका लागि छुट्टाइएको छ ।
अधिकारीहरूका अनुसार यस वर्ष व्यावसायिक शिक्षाले अहिलेसम्मकै ठूलो पूँजीगत विनियोजन आठ अर्ब रुपैयाँ प्राप्त गरेको छ भने वर्षको पहिलो छ महिनामा ३१० वटा सरकारी व्यावसायिक प्रशिक्षण संस्थाहरूमा ५७ हजार ९५९ विद्यार्थी भर्ना भएका छन् । रासस




प्रतिक्रिया