काठमाडौं । नेपाली कांग्रेसले साउन ६ र ७ गते जननेता बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा देशभर विविध कार्यक्रम गरी मनाउने भएको छ ।
सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति विश्वप्रकाश शर्माले काठमाडौँ उपत्यकामा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा साउन ६ गते जलवायु परिवर्तनसँग सम्बन्धित तथा साउन ७ गते पार्टीको नवीन अभियान घोषणा सहितको कार्यक्रम गरेर बीपी स्मृति दिवस मनाइने जानकारी दिए ।
‘साउन ६ गते बीपी कोइरालाको ४४औँ स्मृति दिवस हो । यो दिवसका अवसरमा देशभर नै विशेषगरी साउन ६ र ७ गते विविध कार्यक्रमहरू हुँदैछन् । त्यसक्रममा काठमाडौंमा केन्द्रीय रूपमा ‘जलवायु जनचेतना जोगाउन जुटौँ’ भन्ने मुख्य उद्देश्यका साथ साउन ६ गते कार्यक्रम आयोजना हुँदैछ । साउन ७ गते पनि त्यससँग सम्बन्धित कार्यक्रम हुनेछ,’ शर्माले भने ।






प्रतिक्रिया