ज्ञानेन्द्र शाहीले भने- ‘नक्कली अश्लील भिडियो बनाइसकेका छौ, अझै बनाउ’


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपा समर्थकहरुमाथि कडा आक्रोश व्यक्त गरेका छन् ।

केही दिन अघिदेखि सामाजिक सञ्जालमा उनीमाथि रास्वपा समर्थकहरुले अलोचना तथा विरोध गरेपछि उनले पनि जवाफ फर्काइरहेका हुन् । मंगलबार उनले फेसबुकमा लेख्दै भनेका छन्,‘मेरो बारेमा रोस्ट हान, गाली गर। नक्कली अश्लील भिडियो बनाइसकेका छौ, अझै बनाउन बाँकी छ भने बनाउँदै गर्नुहोस्।’

उनले माइतीघर मण्डलामा केही व्यक्तिलाई उचालेर तमासा बनाउने काम पनि जारी राख्न भनेका छन् ।‘

शाहीले नेपाली समाजलाई सजिलै भ्रमित गर्न सकिन्छ भन्ने सोच रास्वपा समर्थकले राखेको आरोप लगाउँदै सामाजिक सञ्जालका ‘लाइक’ र ‘भ्युज’बाट डलर कमाउने उद्देश्य रहेको दाबी पनि गरेका छन् ।

सरकारलाई प्रश्न गर्नुलाई नै अपराधका रुपमा लिने मानसिकता रास्वपा समर्थकहरुमा रहेको उनको आरोप छ । ‘ किनकि तिमीहरूको नजरमा सरकारलाई प्रश्न गर्नु नै अपराध हो। तर याद राख—प्रचारको आयु छोटो हुन्छ, सत्यको यात्रा लामो,’ उनले लेखेका छन् ।