कीर्तिपुरमा गुडीरहेको गाडीमा आगलागी, चालक सहितका यात्रु डढेको आशंका


काठमाडौं । कीर्तिपुरमा सडकमा गुडीरहँदा एक निजी गाडीमा आगलागी भएको छ । मंगलबार साढे ११ बजेपछि चोभारमा गुडीरहँदा एक्कासी गाडीमा आगो लागेको हो ।

बा५च ३०३८ नम्बरको गाडी आगलागी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

प्रत्यक्षदर्शीले तत्कालै प्रहरी र ट्राफिकलाई खबर गरेपछि ट्राफिक टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

गाडीमा चालक सहितका यात्रु डढेको आशंका गरिएको छ । घटनाबारे थप विवरण आउन काँकी छ ।