काठमाडौं । सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएकाे समता कर छुट दिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो कर हटाउने जानकारी गरेका थिए ।
सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले सरकारको निर्णयबारे जानकारी गराउँदै आर्थिक ऐन संशोधन गरेर शिक्षा र स्वास्थ्यमा लगाइएकाे कर छुट गर्ने बताएका हुन् ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमा घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो।




प्रतिक्रिया