काठमाडौ । नेपाली कांग्रेसको नेता कुण्डनराज काफ्लेले सानेपासँग कांग्रेसको विचार नभएको टिप्पणी गरेका छन् ।
बुधबार ४४ औं विपि कोइराला स्मृति दिवसको अवसरमा प्रज्ञाप्रतिष्ठानमा संस्थापन इतर पक्षले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सानेपा काँग्रेससँग विचार नभएको बताएका हुन् ।
`कांग्रेस फुट्नु हुँदैन । तर कांग्रेसको विचार सानेपासँग छैन भन्ने निष्कर्ष हो भने कांग्रेस नफुटी हुँदैन भन्ने अनिवार्य हो ´ , काफ्लेले भने `किनकि हामीसँग बिपिको बिचार र कांग्रेसको चिन्तनको आवस्यकता छ ।´
सानेपामा बीपीको विचार, चिन्तन र रगत केही नभएकाले नयाँ पार्टीको विकल्प नभएको उनले बताए । काफ्लेले भने, ‘विशेष महाधिवेशनबाट संस्थापन बनेका नेताहरूमा बीपीको गन्ध, रङ र चिन्तन छैन । हामीले उहाँको चिन्तन र विचार बचाउन नयाँ पार्टी बनाउनुपर्छ ।’




प्रतिक्रिया