काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको बताएका छन् । बिहीबार पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले चम्पादेवीमा आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति दिवस कार्यक्रममा प्रचण्डले प्रतिक्रान्ति विरुद्ध नयाँ अभियान चलाउन संकल्पको रुपमा लिनुपर्ने बताएका हुन् ।
‘देशमा जुन प्रति क्रान्तिको हावा चलिराखेको छ । जसले गणतन्त्रका उपलब्धिमाथि या कमरेड पुष्पलालको शिक्षा अनुसार भएका परिवर्तनमाथि हमला गरेको छ । त्यसका विरुद्ध फेरि एउटा नयाँ अभियान सञ्चालन गर्ने संकल्पको दिनको रुपमा रहेको छ’, उनले भने ।
वैचारिक र राजनीतिक रुपमा पुष्पलालले विचार निमार्णमा धेरै मेहनत गरेको उनले बताए ।




प्रतिक्रिया