काठमाडौं । राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले सिंगो राजनीतिमा जनताको विश्वास टुटेको बताएका छन् । बिहीबार बीपी स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावी परिणामले सो कुरा पुष्टि गरेको बताए ।
जनता जोड्ने कुरामा नेपाली कांग्रेस पछाडि परेको उनको भनाइ छ । उनले भने, ‘चुनावको परिणामले पनि यो संकेत गर्छ । बीपीले लामो समय आस्थाको राजनीति गरे पनि अहिले अभ्यासको राजनीति भइरहेको छ । किन कांग्रेस पछाडि पर्यो ? आस्थाको संकट भयो यो देशमा ।’
खनालले बीपी कोइराला कांग्रेसको मात्र नभई देशकै पुँजी भएको बताए । ‘नेपालमा लोकतन्त्रको सुरुवातकर्ता बीपी नै हुनुहुन्छ, तर आज ४४ वर्ष बितिसक्दा कांग्रेसभित्रै बीपी को हुन् भन्ने नचिन्नु नयाँ पुस्ता हुन सक्छ । त्यो पुस्तालाई बीपीको विचार र योगदानसँग जोड्नु अहिलेको मुख्य चुनौती हो,’ उनले भने ।
पार्टी केवल घोषणा र नीतिले मात्र नचल्ने भन्दै यसलाई सबै क्षेत्र, जातजाति, वर्ग र नयाँ पुस्तासँग जोड्नुपर्ने उनले बताए ।




प्रतिक्रिया